४० दिने उपवास प्रार्थना समापन समारोह सु–सम्पन्न

४० दिने उपवास प्रार्थना समापन समारोह सु–सम्पन्न
नेपालका अधिकांश स्थानीय मण्डली, ख्रीष्टियन संघ–संस्थाहरुको सहकार्यमा नेपाल क्याम्पस क्रुसेड फर क्राइष्टद्वारा आह्वान गरिएको राष्ट्रव्यापी ४० दिने उपवास प्रार्थनाको समापन समारोह १८ मार्च २०१५ मा सफलतापूर्वक सु–सम्पन्न भएको छ । नेपालमा हरेक वर्ष आयोजना गरिने राष्ट्रव्यापी ४० दिने उपवास प्रार्थनाको अभियानलाई नेपाल क्याम्पस क्रुसेड फर क्राइष्टको राष्ट्रिय प्रार्थना संयोजक श्रीमती आरती कठायतले संयोजन गर्दै आउनुभएको छ । नेपाल अधिराज्यबाट १५ हजारभन्दा बढि प्रार्थनाका योद्धाहरुले यस वर्षको उपवास प्रार्थना अभियानमा बडो उत्साहकासाथ सहभागीता जनाएका थिए ।
१ फेबु्रवरीदेखी सुरु भएको राष्ट्रव्यापी ४० दिने उपवास प्रार्थनामा बिर्तामोड, विराटनगर, इटहरी, धरान, खाँदबारी, खोटाङ्ग, जनकपुर, लालवन्दि, चरिकोट, भरतपुर, वुटवल, पाल्पा, पोखरा, बाग्लुङ्ग, घोराही, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, काठमाण्डौँ, भक्तपुर, ललितपुर लगायत देशका प्रमुख शहरहरुका स्थानीय मण्डलीका पाष्टर अगुवा तथा विश्वासीहरु, प्रार्थना भूmण्डका अगुवाहरु, विभिन्न ख्रीष्टियन संघ–संस्थाका सदस्यहरु, नेपाल क्याम्पस क्रुसेड फर क्राइष्टका सम्पूर्ण सहकर्मीहरु सक्रिय रुपमा सहभागि भएका थिए भने ४० औँ दिनमा सम्पूर्ण प्रार्थनाका योद्धाहरु आफुलाई पायक पर्ने स्थानमा भेला भएर उपवासलाई आशिष्मय समारोहकासाथ समापन गरेका थिए साथै समापन समारोहमा स्थानीय निकायका पदाधिकारीहरुलाई समेत निमन्त्रित गरिएको थियो ।
यस उपवास प्रार्थनामा देशको स्थायी शान्ति, संमृद्धि, प्रगति, विकास, प्रेम, सदभाव, जातीय एकता, सुव्यवस्था, राजनितिक स्थिरता, विश्वासीहरुविचको प्रेम, मेलमिलाप तथा मण्डलीमा आत्मिक उत्थान लगायतका विविध विषयहरुमा प्रार्थना गरिएको थियो । यसैबिच, ललितपुर जिल्लामा पनि सयौँको संख्यामा विभिन्न मण्डलीका पाष्टर, अगुवा तथा विश्वासीहरु तथा प्रार्थनाका योद्धाहरु भेला भई यस उपवास समापन समारोह सु–सम्पन्न भएको छ । समापन समारोहमा नेपाल क्याम्पस क्रुसेड फर क्राइष्टका अध्यक्ष तथा निर्देशक– तारा सिंह कठायत, संस्थाका उपाध्यक्ष – राज कुमार थापा, सचिव – अर्जुन कुमार पुलामी, कोषाध्यक्ष – नारायण गोपाली, सदस्यहरु – नवराज परियार, मान बहादुर रोकाया, दिपक शर्मा, नविनकला राई, रोशनी श्रेष्ठ, सल्लाहकारहरु – ओम प्रकाश सुब्बा र शशी कुमार भट्टराई, राष्ट्रिय प्रार्थना संयोजक – आरती कठायत लगायत संस्थाका सम्पूर्ण स्वयमसेवक सहकर्मीहरुको सक्रिय सहभागिता रहेको थियो । समारोहमा नेपाल सरकारका प्रतिनिधिहरुमा ललितपुर, काठमाण्डौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमूख जिल्ला अधिकारीहरु र ललितपुर, काठमाण्डौं र भक्तपुर जिल्ला विकास समिति कार्यालयका स्थानीय विकास अधिकारीहरुलाई समेत आमन्त्रित गरिएको थियो साथै विभिन्न पत्रपत्रिका तथा रेडियोका पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
समारोहमा बरिष्ट पाष्टर अब्दियल मुखियाले सुरुको प्रार्थना गर्नुभएको थियो भने रेभ. पाष्टर महेश प्रसाद थन्जुले उपवासको विषयमा उत्साहपूर्ण परमेश्वरको वचन बाड्नुभएको थियो । संस्थाका सचिव अर्जुन पुलामीले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका अध्यक्ष रेभ. तारा सिंह कठायतले धन्यावाद ज्ञापन दिनुभएको थियो, त्यसैगरि सामुहिक अर्जविन्ती प्रार्थनालाई प्रार्थना संयोजक श्रीमती आरती कठायतले अगुवाई गर्नुभएको थियो, संस्थाका कोषाध्यक्ष नारायण गोपालीले संचालन गर्नुभएको समारोहलाई रेभ. प्रकाश सुब्बाले अन्तिम तथा आशिषको प्रार्थना गरेर समापन गरिएको थियो ।
समापन समारोहमा दर्जनौँ सहभागीहरुले ४० दिनको अवधिमा परमेश्वरले गर्नुभएको अचम्मका कामहरुलाई आशिषको रुपमा बाँडेका थिए, जसद्वारा उपस्थित सम्पूर्ण सहभागीहरु आशिषीत भएका थिए । साथै सहभागीहरुले ४० दिने उपवास प्रार्थनाको आयोजक नेपाल क्याम्पस क्रुसेड फर क्राइष्टलाई धन्यवाद व्यक्त गरेका थिए भने आगामी दिनमा पनि यसरी नै आशिषमय उपवास प्रार्थना आह्वान गर्नको निम्ति अनुरोध गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>


Hit Counter provided by Skylight